搜索
热搜: music
门户 Culture Language view content

बकरी ईद

2015-6-21 23:55| view publisher: amanda| views: 4357| wiki(57883.com) 0 : 0

description: बकरी ईद (ईद अल अधा) आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका क ...
बकरी ईद (ईद अल अधा) आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान)को सम्झना स्वरूप मनाइने पर्व हो।[१] यही दिन देखि हिजारी संवतको नयाँ बर्षको सुरूवात हुनेगर्दछ। नेपाल सरकारले बकरी इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।

बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोका बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि बोका, खसी, बाख्रा, राँगा, गाई र भैंसीको वलि दिने परम्परा छ। नेपालमा भने गाइको वलि दिने गरिएको छैन। बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ। त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ। मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रीय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो।[२]

About us|Jobs|Help|Disclaimer|Advertising services|Contact us|Sign in|Website map|Search|

GMT+8, 2015-9-11 20:14 , Processed in 0.134658 second(s), 16 queries .

57883.com service for you! X3.1

返回顶部